‘एउटा फिल्ममेकर बिग्रियो भने एउटा फिल्म मात्रै बिग्रिन्छ, त्यसले समग्र फिल्म क्षेत्रलाई असर गर्दैन । तर, एउटा फिल्म समीक्षक बिग्रियो भने पुरै फिल्म क्षेत्र बिग्रिन पुग्छ । त्यसको असर पुरै फिल्म क्षेत्रमा पर्न जान्छ ।’ मेरो यस्तो किसिमको धारणा थियो, छ र हुनेछ । एउटा फिल्म समीक्षकले लेखेको हरेक शब्दले अर्थ राख्दछ ।एक ठाउँबाट अर्को ठाउँ पुग्न साधन चाहिन्छ । यदि साधन र चालक दुवै दक्ष छन्, समस्यारहित छन् भने यात्रुहरु सहजै गन्तव्यमा पुग्छन् । समीक्षकको कलम साधन हो र समीक्षक चालक । जुन साध