फिल्म क्षेत्रमा गर्व गर्न लायक सीमित निर्देशक छन् । तीमध्येमा पर्छन् मनोज पण्डित । उनले भलै दर्जनौँ फिल्म दिएका नहोलान्, जति फिल्म दिएका छन्, राम्रो क्याटागोरीमा गनिएका छन् । ती फिल्म फरक त छन् नै, विद्रोही र चेतनाको दृष्टिले समेत सबल मानिएका छन् । उनका हरेक फिल्ममा केही न केही विशेषता रहन्छ । एक समय उनी फिल्म समीक्षा पनि लेख्थे । फिल्म लेखन, निर्देशनमा सक्रिय उनले केहीअगाडि ‘सिनेमा मन्थन’ नामक पुस्तकसमेत ल्याएका थिए ।फिल्म क्षेत्रमा २० वर्ष बिताइसकेका पण्डितले ‘लक्ष्य&rs