पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा म्यानमारमा जस्तै नरसंहार हुनसक्ने बताएका छन्। सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)को योजनामा भारतमा मुस्लिम समुदायमाथि नरसंहार हुनसक्ने भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिएका हुन्। म्यानमारमा रोहिंग्या मुस्लिममाथि त्यहाँको सेनाले नरसंहार गरेको आरोप लाग्दै आएको छ। अन्तर्राष्ट्रिय न्यायालयले पनि म्यानमारलाई नरसंहार रोक्न निर्देशन दिइसकेको