सहकारी उत्पादनमा लाग्नुपर्नेमा जोड

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले सहकारीलाई उत्पादन तथा प्रशोधनमा लाग्न प्रोत्साहन गरेको भन्दै त्यसतर्फ सहकारीले जोड दिनुपर्ने यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सहकारीमार्फत उत्पादन, गरिबी निवारण र रोजगारी सिर्जनामा जोड दिएको र सोहि अनुसार संघसंस्था अघि बढ्नुपर्ने आवश्यक्ता औल्याए । पूर्व सचिव कृष्णहरि बास्कोटाले देश सहकारीमार्फत कृषि तथा खाद्य भण्डारण, नर्सरी व्यवस्थापनका साथै, शिक्षा, स्वास्थ्य, तालिमलगायतका विषय अघि बढाउन खोजेको बताए ।

सम्बन्धित सामग्री

वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्नेमा जोड दिइएको छ । समितिको आजको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गरी पुर्जा वितरण गर्नुपर्नेमा समितिका सदस्यहरूले जोड दिएका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको छलफलमा सचिव दामोदर रेग्मीले करिब १५ लाख सुकुम्बासीलाई पुर्जा वितरणमा असहज भएको बताए । “राष्ट्रिय भूमिसुधार आयोगले […]

सुशासनसहितको सहकारी निर्माणमा जोड

काठमाडौँ, १८ चैत । पोखरा महानगरपालिका सहकारी शाखाद्वारा आयोजित ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठीले सुशासनसहितको उत्कृष्ट, गुणस्तरीय, दिगो र नीतिगत सर्वोच्चता भएको सहकारी निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने नाराका ६६ ओँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यशालाले ११ बुँदे निष्कर्षसहित समयानुकूल आधुनिक प्रविधिको समुचित प्रयोग […]

‘सामाजिक रुपान्तरणको विश्वासिलो माध्यम सहकारी’

काठमाडौँ,१२ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियानलाई आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो आधारका रुपमा अघि बढाउन सहकारीको दीर्घकालीन रणनीतिमा जोड दिएको छ । सहकारी अभियन्तासँगको अन्तरक्रियामा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रलाई सुसंस्कृत, मर्यादित र कानूनको परिपालनामा अब्बल बनाउन कोसिस भइरहेको बताए । उनले भने, “देशको अर्थतन्त्रको एउटा खम्बाको रुपमाा […]

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जोड

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्याता, सिद्धान्त र प्रशस्त कानुन भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको बताएकी छिन् ।सहकारी विभागले तयार पारिरहेको सहकारीको दस वर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र सम्बन्धी सरोकारवालसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी भएका व्यवस्थालाई समयानुकुल सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानु पर्ने […]

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । सहकारी विभागले तयार पारेको सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रका विषयमा  सरोकारवालासँगकाे अन्तरक्रिया कार्यक्रममा उनले सहकारी सञ्चालनका लागि  प्रशस्त कानुन भए पनि कार्यान्वयनमा भने समस्या रहेको औँल्याइन् । उनले भनिन्, ‘सहकारीसम्बन्धी भएका व्यवस्थालाई समयानुकूल […]

सरकार र सहकारी अभियान एउटै डुंगाको सहयात्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुंगाको सहयात्री भएको विचार व्यक्त गर्दै सहकारीमार्फत भूमिको समग्र विकास गरी गरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताइन् । सो कुरा उनले राष्ट्रिय सहकारी महासंघले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरको पुल्चोकस्थित आप्mनै भवनमा २०७९ असार १८ […]

सहकारी क्षेत्रमा कर लगाउन गरिएको प्रस्ताव हटाउन माग

आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रलाई कर वृद्धिको प्रस्ताव गरिएकामा सरोकारवाला निकाय एवं अधिकारीहरूले हटाउनुपर्नेमा जोड दिएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले बिहीबार आयोजना गरेको ‘बजेटमा सहकारी कार्यान्वयन चुनौती’ विषयक कार्यक्रमका वक्ताले अरु क्षेत्रमा करको दर घटाइँदा सहकारी क्षेत्रमा भने वृद्धि गरिएकामा  आपत्ति जनाएका हुन् ।विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीमा वृद्धि गएिको करप्रति आफू पनि सन्तुष्ट हुन नसकेको बताए । आगामी वर्षको बजेटअघिको छलफ

सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड

सहकारी व्यवसायलाई मर्यादित बनाउँदै नविन प्रविधिको अवलम्बनमा जोड दिनुपर्नेमा सहकारी अभियान्ता तथा सरोकारवालाले जोड दिएका छन् ।राष्ट्रिय सहकारी महासंघले ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने विषयमा सहकारी अभियान्ता र सरोकारवाल निकायले आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा ललितपुर महानगरपालिकाका […]

अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् । सहकारीलाई समेटेर बनेको नेपालको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन् । सहकारीको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले […]

सहकारीले उत्पादनमा जोड दिनुपर्छ : पौडेल

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले नेपाल सहकारी पत्रकार समाजको ११ औं स्थापना दिवसमा बोल्दै यस्तो बताएका हुन् । पौडेलले भने, ‘सहकारीले तीन खम्बे अर्थ नीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ ।’ यसैगरी, उनले सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।यसैगरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले निष्पक्ष ढंगले कलम चलाउन