म्यानपावर कम्पनीले सर्बियामा श्रमिक पठाउन पाउने

काठमाडौं । सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गरेको छ । अब म्यानपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् । राजपत्रमा एक सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको […]

सम्बन्धित सामग्री

चौध म्यानपावर कम्पनी निलम्बनमा

वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी निलम्बनमा परेका छन् । विभागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावरलाई निलम्बन गरिएको हो ।

२ सय म्यानपावरको खारेजी जोगाउन दौडधुप

८ जेठ, काठमाडौं । करिब २ सय वटा म्यानपावर कम्पनी खारेज हुने भएपछि त्यसलाई रोक्न व्यवसायीहरुले पहल तीव्र बनाएका छन् । खारेजीको मुखमा पुगेका करिब २ सय म्यानपावर कम्पनीलाई जोगाउन सरकारले कानुन नै संशोधन गर्न संसदमा विधेयक लगिसकेको छ । तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनीको अनुमतिपत्र खारेज हुने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ […]

स्थानीय तहलाई ‘म्यानपावर कम्पनी’ बनाउने खेल

आफ्ना तोकिएका ३७० भन्दा बढी काम र जिम्मेवारीमा खरो उत्रिन नसकेका स्थानीय तहहरुले अब 'वैदेशिक रोजगारी'मा मौसमी (सिजनल)श्रमिक पठाउन पाउने अधिकार समेत पाएका छन् । पालिकाका कार्यालयहरूमा पनि अब म्यानपावर र एजुकेसन कन्सल्टेन्सीका दलालहरुको उपस्थिति देखिने पक्कापक्की भएको छ । यसले स्थानीय तहका जनप्रतिनिधिहरू आफ्ना मूल जिम्मेवारी भुलेर यस्ता लेनदेनमै रमाउने जोखिम निम्त्याएको छ ।

यस वर्ष पनि सय जना श्रमिक नपठाउने म्यानपावर कम्पनी नविकरण हुने

काठमाडौं । वार्षिक एक सय जना भन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी यस वर्ष पनि खारेज हुनबाट जोगिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले वैदेशिक रोजगार नियमावलीको वर्षमा १ सय जना श्रमिक अनिवार्य वैदेशिक रोजगारीमा पठाउनुपर्ने व्यवस्था बाधा अड्काउ फुकाउमार्फत तत्कालका लागि हटाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल प्रेससँग बताए […]

म्यानपावर कम्पनी नवीकरणको चिन्ता

वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ तर कोरोना महामारीका कारण देखाउँँदै विगत दुई वर्षदेखि यो कार्यान्वयन हुनसकेको छैन ।

सरकारले खारेजीबाट जोगायो ७०० भन्दा बढी म्यानपावर कम्पनी

१६ असार, काठमाडौं । सरकारले महामारीका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसकेका ७०० भन्दा बढी म्यानपावर कम्पनी खारेज हुनबाट जोगाएको छ । असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कम्तीमा १००/१०० जना श्रमिक नपठाएका म्यानपावर कम्पनी नवीकरण गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार चालु […]

७३१ म्यानपावर कम्पनीहरु खारेजीको संघारमा

८ असार, काठमाडौं । महामारीका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसकेका ७३१ वटा म्यानपावर कम्पनी खारेजीको संघारमा पुगेका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार चालु आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कम्तीमा २ सय जना श्रमिक पठाएको प्रमाणसहित दर्ता नवीकरणको लागि आह्वान गरेको छ । तर, १२३ वटा म्यानपावर कम्पनीले मात्रै पछिल्ला दुई […]

म्यानपावर कम्पनी नवीकरणमा कडाइ

वार्षिक एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने २४० म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका छन् । नवीकरणका लागि वार्षिक रूपमा एक सय श्रमिक वैदेशिक रोजगारी पठाउनुपर्ने भए पनि जेठ मसान्तसम्म २४० म्यानपावर कम्पनीले सो सङ्ख्या पु-याउन सकेका छैनन् ।

सामाजिक सुरक्षा योजनामा चार म्यानपावर कम्पनी

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चारवटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी आबद्ध भएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने र विदेशमा स्वरोजगारलाई आबद्ध गराउन थालेलगत्तै श्रमिक पठाउने प्रक्रिया काम गर्ने निजी संस्थाका कर्मचारीलाई योजनामा आबद्ध हुन निर्देशन दिएपछि चारवटा म्यानपावर कम्पनी कोषको योजनामा आबद्ध भएका हुुन् । विभागले गत साता मात्रै वैदेशिक रोजगारीको भर्ना प्रक्रियासँग जोडिएका एक हजार २७६ निजी संस्थामा कार्यरत कर्मचारीलाई कोषको योजनामा आबद्ध गर्न निर्देशन दिइएको थियो ।