काठमाण्डौ – न्यूनतम एक सय जना श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने दुई सय ४० म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका छन् ।नवीकरणका लागि वार्षिक रूपमा एक सय कामदार वैदेशिक रोजगारी पठाउन पर्ने भए पनि जेठ मसान्तसम्म दुई सय ४० म्यानपावर कम्पनीले यो सङ्ख्या पुर्याउन नसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो ।वैदेशिक रोजगारीमा श्रमिक पठाउन वैदेशिक रोजगार विभागमा करिब दुई सय ९० म्यानपावर कम्पनी दर्ता रहेका छन् । उनीहरू मध्ये जेठ मसान्तसम्म दुई सय ४० ले न्यूनतम एक सय कामदार ...