ऐतिहासिक काष्ठमण्डप मन्दिरको मूल गजुर भित्र्याइएको छ । काष्ठमण्डप पुनः निर्माणका क्रममा धुरीमा राखिने गजुर बिहीबार एक धार्मिक कार्यक्रमबीच भित्र्याइएको हो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुर काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा.यज्ञमानपति वज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरेका सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् । यसलाई तामाको पाताले लेपन ग