नेपाल संवत् ११४२ सुरु भएसँगै काठमाडौंसँग जोडिएको एउटा महत्त्वपूर्ण घटनाले सय वर्ष पूरा गरेको छ । आजभन्दा सय वर्ष अगाडि एउटा यस्तो काम सुरु भएको थियो, जसले तत्कालीन सर्वसाधारणदेखि शासक अनि विदेशी धेरैको ध्यान खिचेको थियो । र, यो थियो– स्वयम्भू महाचैत्यको आधिकारिक जीर्णोद्धार । काठमाडौं उपत्यकाको बौद्ध धार्मिक इतिहासको परम्पराअनुसार स्वयम्भू महाचैत्यको यो १४ औं जीर्णोद्धार थियो ।