लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।विमलालाई […]
कार्यालयमै रहेका बेला बेलुका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए।
बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्य चौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । स्थानीय सुरेन्द्र बहादुर धनुसेले मदिरा सेवन गरी हिजो साँझ महिला स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेका हुन् । कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गाली गलौज गरेको स्वास्थ्य चौकीका […]
भोजपुर : साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले वडा नम्बर २ का अध्यक्ष मानबहादुर खत्रीलाई हातपात गरेका छन्।वडा नम्बर २ स्थित अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत भविन्द्र कार्कीले लामो समयदेखि तलब भत्ता नपाएकोे विषयमा विवााद हुँदा गाउँपालिका अध्यक्ष राईले आफूमाथि हातपात गरेका वडाध्यक्ष खत्रीले बताए।खत्रीले भने, ‘स्वस्थ्यका कर्मचारीले तलब नपाएको विषयमा वडा नम्बर २ का स्थानीयसहित गाउँपालिका अध्यक्षलाई भेट्न गएको तर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई नभटेप
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले जनाएको छ ।प्रतिष्ठानका अनुसार दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारका लागि कारमा आएका ती घाइते व्यक्तिलाई अस्पतालको आकस
सुर्खेत : बिहानको करिब ८ बजेको थियो। चंलेखी गाउँपालिका हुम्लाका स्वास्थ्य शाखा संयोजक कालीबहादुर बुढामाथि एक्कासि हातपात भयो। कोठामा एक्लै बसेका बेला आफूमाथि एक्कासि आक्रमण हुँदा उनी तर्सिए। उनलाई आक्रमण गरेर हातपात गर्ने त्यहीँ चंलेखी गाउँपालिका–४ का स्थानीय अमृत रोकाया रहेछन्। उनी पेशाले शिक्षकसमेत हुन्। बुढाले केही समयपछि मात्रै थाहा पाए। तर रोकायाकी कोरोना संक्रमित श्रीमतीको उपचारमा लापरबाही गरेको, संक्रमितलाई अस्पताल लैजान हेलिकोप्टर नल्याइदिएको आरोप