स्वास्थ्य चौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

कार्यालयमै रहेका बेला बेलुका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए।

सम्बन्धित सामग्री

महिला स्वास्थ्यकर्मीले धानेका स्वास्थ्य चौकी

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–७ मा रहेको काप्रिचौर स्वास्थ्य चौकी महिला कर्मचारीले मात्र धानेका छन् । चौकीमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म सबै महिला कर्मचारी कार्यरत छन् ।

बैतडीमा दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्य चौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । स्थानीय सुरेन्द्र बहादुर धनुसेले मदिरा सेवन गरी हिजो साँझ महिला स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेका हुन् । कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गाली गलौज गरेको स्वास्थ्य चौकीका […]

आरती थारु इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित

नेपालगञ्जस्थित एक स्वास्थ्य चौकीमा कार्यरत महिला जनस्वास्थ्य निरीक्षक इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित हुन सफल हुनु भएको छ । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक थारुलाई इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित गरिएको हो । यस वर्ष इन्टिग्रिटी आइकनबाट सम्मानित हुनेहरुमा नेपालगञ्जकी थारु बाहेक लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दीपक ज्ञवाली, कृषि ज्ञान केन्द्र, ओखलढुंगाका निमित्त प्रमुख बाली संरक्षण अधिकृत हेमबहादुर आले मगर, अछामको मंगलसेन नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत मञ्जु महत र धादिङको नीलकण्ठ उच्च माध्यामिक विद्यालय शिक्षक नविनबन्धु पहाडी रहनु भएको छ । भ्रष्टहरूलाई गाली वा औँला ठड्याउने मात्र हैन, इमान्दार राष्ट्रसेवक कर्मचारीको पहिचान सम्मान र सहभागितामा संयन्त्र सुधार्न सकिन्छ भन्ने उद्देश्यका साथ सन् २०१४ मा नेपालबाट सुरु गरिएको यो अभियान सातौँ संस्करणसम्म आइपुग्दा, विश्वका १२ वटा देशमा विस्तारित भइसकेको एकाउन्ट्याविलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले बताउनुभयो ।

महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्न बाध्य

जुम्ला– स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै महिनावारी हुँदा छुई गोठमा बस्न बाध्य छन् । ग्रामीण स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी सेवा...