काठमाडौं : संघीय संसद अन्र्तगत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछन्। दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले समय लिएर बोल्दै छन्। राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस संक्रमणको अहिलेको अवस्था र नियन्त्रणका लागि सरकारी प्रयासको बारेमा जानकारी गराउने तयारी भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। कोरोना भाइरसविरुद्ध अहिलेसम्म प्राप्त खोप, लगाइएको विवरण र थप खरिदका लागि भएका सम्झौताका