अन्य मन्त्रालयहरूले खर्च गर्न नसकेको अपजस अर्थ मन्त्रालयले भोगिरहेको छ : अर्थसचिव

६ महिनामा साढे १३  प्रतिशत मात्रै पुँजीगत खर्च भएको देखिन्छ, यो त लकडाउन भएका वर्षको भन्दा पनि कमी भयो नि ?  यो आर्थिक वर्षमा बजेट नै ढिलो आयो । असोजमा बल्ल बजेट...

सम्बन्धित सामग्री

विमानस्थल भन्सार कर्मचारी आन्दोलित, सीआईबीले बिनाप्रमाण पक्राउ गरेको आरोप

काठमाडौं : सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मीहरू धमाधम पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू बचाउमा उत्रिएका छन्। सम्पूर्ण कर्मचारीले आइतबार कार्यालय प्रमुखलाई माग पत्र बुझाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आज विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका छन्।प्रमुख भन्सार प्रशासक बुझाएको माग पत्रमा अर्थ मन्त्रालय, मुख्य सचिव, राजस्

यस्तो अर्थ सचिवको खोजीमा छन् अर्थमन्त्री शर्मा

संसदीय छानबिन समितिले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको प्रवेश भएको देखिने कुनै प्रमाण फेला नपारेपछि जनार्दन शर्माले उन्मुक्ति पाए । त्यसलगत्तै माओवादी केन्द्रले अर्थ मन्त्रीमा जनार्दन शर्मालाई नै पठायो ।यसो त, जनार्दनलाई ‘क्लिन चिट’ दिएर अर्थमा ल्याउने चाँजोपाँजो प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले मिलाएकी थिईन् । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले ‘दोस्रो इनिङ’ सुरु गर्नासाथ अर्थसचिव मधु मरासिनी बिदामा बसिदिए । लगत्तै उनले सरुवा मागे, अहिले उनी प्रधानमन्त्री कार्यालयमा थन्क्याईएका छन् । अर्थसचिव खोज्दै अर्थमन्त्रीमरासिनीलाई जनार्दनले नै अर्थमा ल्याएका थिए । तर, शर्मा विवादमा मुछिन थालेपछि मरासिनी बसरिहने ‘मुड’मा देखिन छोडेका थिए । अब आफूले भनेको मान्ने, आफूले अघि सारेका काममा अवरोध नगर्ने ‘एस म्यान’ अर्थसचिवको खोजीमा जनार्दन लागेका छन् ।‘आगामी मंसिर ४ गते चुनावको मिति घोषणा भएको छ, चुनाव भएर अर्को सरकार बन्दा पुस लागिहाल्छ’ स्रोत भन्छ, ‘यसकारण अझै ५ महिना शर्माले पूरै अर्थ मन्त्रालय सम्हाल्नेछन् । त्यसैले अर्थमन्त्री मात्रै होइन, बालुवाटार पनि भनेको मान्ने खालको अर्थसचिव खोजिरहेको छ ।’के काम गर्न चाहन्छन् शर्मा ?जनार्दन शर्माले मुख्यगरी प्रधानमन्त्री पत्नी आरजुसँग मिलेर ३ वटा काम तत्कालै गर्न चाहेका छन् । विवादित र आलोचित काम नै किन नहुन्, ती काम सक्नुपर्ने जिम्मेवारी बोकाएरै शर्मालाई फर्काइएको थियो ।नयाँ स्टक एक्सचेन्ज ल्याउने, नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने र हेलिकप्टर खरिदको काम आगामी मंसिरमा हुने निर्वाचन भन्दा अगाडी नै सक्ने वा कम्तीमा टेण्डर गरेर ‘कमिशन’ हत्याउने दाउमा आरजु र अर्थमन्त्री शर्मा रहेको स्रोतले बताएको छ ।मुख्यतया, यी ३ काममा कुनै अवरोध नगर्ने अर्थसचिवको खोजीमा जनार्दन शर्मा लागेका छन् । को होला यस्तो पात्र ?अब आउने अर्थसचिवको काँधमा अहिलेको संकटको सन्निकट पुगेको अर्थतन्त्रलाई सहज बनाउनुपर्ने दायित्व हुन्छ । मधु मरासिनी प्रधानमन्त्री कार्यालयमा ‘जगेडा’का रुपमा थन्किएपछि अर्थसचिवको जिम्मेवारी अहिले राजस्व सचिव कृष्णहरी पुस्करलाई नै दिईएको छ ।यद्यपी, अन्य मन्त्रालयका सचिवहरु तिर जनार्दन शर्माले नजर डुलाईरहेका छन् । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालमध्ये एक जनालाई ल्याउन पाए हुन्थ्यो भन्नेमा जनार्दन छन् । तर, अर्याल आजसम्म कुनै पनि विवादमा नमुछिएका भद्र सचिवको छवि बनाएका व्यक्ति हुनाले उनले बालुवाटार र सिंहदरबारले जबरजस्ती तेर्स्याएका शर्तहरु मान्ने अवस्था छैन ।भण्डारीले पनि विवादित र आलोचित हुने गर्नुपर्ने देखेर अर्थमा आउन खासै मन गरेका छैनन् ।यस्तो अवस्थामा राजस्वमा कसैलाई ल्याएर कृष्णहरि पुष्करलाई नै पूर्ण रुपमा अर्थ सचिवको मात्रै काम लगाउन सकिन्छ भन्नेमा जनार्दनले बालुवाटारसँग परामर्श गरिरहेको स्रोत बताउँछ । अर्थमन्त्री शर्माका ‘प्रिय पात्र’ बनिसकेका पुस्करले पनि बाहिरबाट अरु व्यक्ति ल्याउनुभन्दा आफूमार्फत नै काम गर्न जनार्दन शर्मालाई ‘ग्रिन सिग्नल’ दिईसकेका छन् । तर, जुनियर सचिव भएकाले निर्णय गर्दा ‘कमजोरी’ हुन सक्ने हो कि भन्नेमा बालुवाटार शसंकित छ ।

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा

२३ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका छन् । यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामामा छन् । संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार […]

अर्थ मन्त्री विवादमा तानिएपछि सचिव मरासिनी बिदामा

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी केही दिनका लागि बिदामा बस्नुभएकाे छ । अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करकाे दरमा परिवर्तन गराएको लगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मरासिनी बिदामा बस्नुभएकाे हाे । उहाँ बुधबार देखि लागू हुने गरी अनिश्चितकालका लागि बिदामा बसेको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ । बिदा बसेको विषयमा उहाँले प्रधानमन्त्री शेरबहादुर […]

अर्थमन्त्री शर्मासँगै विवादमा मुछिएका अर्थसचिव मधु बिदामा बसे

काठमाडाैँ- अर्थसचिव मधु मरासिनी बिदामा बसेका छन्। उनले अर्थमन्त्री शर्मा रहुन्जेलसम्म उक्त जिम्मेवारीमा नफर्कने बताएका छन्। अर्थसचिव मरासिनीले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर बिदा स्वीकृति गराएका हुन्। यद्यपि उनकाे कति समयका लागि बिदा लिएकाे हाे, यस बारेमा अर्थ मन्त्रालय स्राेत केही बताएकाे छैन। गत १४ जेठकाे मध्यराति अर्थमन्त्री शर्माले बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश […]

राजस्वले नपुगे संस्थानलाई पब्लिकमा लैजान्छौँ : अर्थ मन्त्रालय

काठमाडौं । राजस्वले नपुगे संस्थानहरूलाई पब्लिक कम्पनीमा लैजान सकिने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले आयात नियन्त्रण गर्दा पनि नभए राजस्वका लागि संस्थानलाई पब्लिकमा लैजान सकिने अर्थसचिव मधुकुमार मरासिनीले बताए । उनले भने “आयात कन्ट्रोल गर्दा पनि नपुग भएको अवस्थामा राजस्वका लागि संस्थानको सार्वजनिक निकासन वा पब्लिकमा लैजान सकिन्छ,” उनले भने ।...

स्थानीय तह निर्वाचनले खर्च बढाउनेमा अर्थ मन्त्रालय आशावादी

काठमाडौं । स्थानीय तहको निर्वाचनले खर्च बढाउने र त्यसले आर्थिक वृद्धिलाई समेत सकारात्मक योगदान दिने अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्रालयले यस्तो जनाएको हो । अर्थसचिव मधुकुमार मरासिनीले संशोधित लक्ष्यानुसार पुँजीगत खर्च गर्न सकिने बताए । स्थानीय तह निर्वाचनका कारण पनि खर्चमा वृद्धि आउने...

जापानले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने !

काठमाण्डाै – नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज मङ्गलवार अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गर्नुभयो । उहाँहरूले अर्थ मन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो ।यस सहायताको उद्दे...

तस्वीर : अर्थसचिव तथा एफसीडीओ यूकेका निर्देशक बीच शिष्टाचार भेट

अर्थसचिव मधु कुमार मरासिनीलाई शिष्टाचार भेट गरेपछि फरेन कमनवेल्थ डेभलपमेन्ट अफिस(एफसीडीओ) यूकेका निर्देशक बेन मेलर लगायत । उक्त भेटघाटका क्रममा विकास सहायता, जलवायु परिवर्तन र हरित लगानीका विषयमा छलफल भएको छ । तस्वीर : सौजन्य अर्थ मन्त्रालय

बजेट वक्तव्यमा उल्लेखित छूट तथा सुविधाको कार्यान्वयन शुरु : अर्थ मन्त्रालय

जेठ २०, काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को बजेट वक्तव्यमा उल्लेखित छूट तथा सुविधाको कार्यान्वयन शुरु भएको छ ।  अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन बीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छूट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएको छ ।  बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत  छूट दिने उल्लेख गरिएको थियो ।    बैठकमा छूट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाई मानी सहुलियतका सामग्री पहिलो पटक एक महीनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ ।  यस्तै साल्ट ट्रेडिङबाट २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमासको खाने तेल र खाना पकाउने ग्यास १ थान सिलिन्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ ।  सहुलियत दरमा उपलब्ध गराइएका सामग्री खरीद गर्ने ग्राहकको पहिचान खुल्ने कागजात सहितको विवरण तयार पार्ने,  दुवै कम्पनीले ग्राहकलाई प्रदान गरेको छूट सम्बन्धी विवरण मासिक रुपमा तयार पारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सोध भर्ना माग गर्ने निर्णय पनि भएको छ ।  बैठकमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना, सहसचिवहरु समुन दाहाल, धनीराम शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेम श्रेष्ठ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनबहादुर चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका नायव कार्यकारी निर्देशक कुमार राजभण्डारी उपस्थित रहेका थिए ।