काठमाडौं, २१ जेठ । नेकपा एमाले औपचारिक विभाजन नजिक पुग्दा माधव नेपाल समूहभित्र फरक धार देखिएको छ । माधवकुमार नेपाल नयाँ दल खोल्ने अन्तिम तयारीमा पुगिरहँदा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई रोक्न सक्रिय भएका छन् । बिष्ट र भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुसँग छलफल गरी एमाले एकताको प्रयासमा सक्रिय छन् । […]