राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालले अब लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्दै जनताकेन्द्रित राजनीति गर्ने बताउनुभएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताए । अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन, सबैको विचारभन्दा माथि देश छ, देशभन्दा माथि नागरिक छन्, […]
काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्विकार्नुपर्ने बताए । जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उनको भनाइ छ । देशलाई शीरमा राखेर मुलुकको […]
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताएका हुन् । ‘देशले परिवर्त
काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नाे पार्टीले फाेहरमा राजनीति गर्नेजस्ताे फाेहरी काम नगर्ने बताएका छन्। काठमाडाैँ महानगरकाे फाेहर व्यवस्थापनमा अवराेध गर्ने क्रममा राप्रपाकाे संलग्नता भएकाे भन्ने समाचारकाे खण्डन गर्दै उनले यस्ताे बताएका हुन्। यस्ता खालका कार्यहरू भए कार्यकर्तालाई समेत कारबाही गरिने उनकाे भनाइ छ। अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन्,’काठमाडौँको फोहर व्यवस्थापनमा अवरोध गर्ने […]
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी केही वर्ष अझै देशमा गठबन्धनको राजनीति हावी हुने विश्लेषण गरेका छन्। पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिमा आफ्नो प्रतिवेदन पेश गर्दै थापाले आगामी केही वर्ष नेपालमा गठवन्धनको राजनीति हावी हुने सम्भावना औंल्याएका हुन् । यद्यपि अहिले प्रजातन्त्रको आवरणमा सर्वसत्तावादी प्रवृत्ति मौलाउँदै गएको थापाको जिकिर छ । ‘धर्मनिरपेक्षताको आडमा नेपाल संगठित र योजनावद्ध धर्मपरिवर्तनको शिकार भएको छ । बाह्यशक्तिहरुको चलखेल र प्रभाव व्यापक भएको
काठमाडौं, १० चैत्र । चलचित्र क्षेत्रका चर्चित अनुहारहरु धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको छ । कतिपयले पार्टी परिवर्तन र प्रवेश नै गर्न थालेका छन् । करिश्मा मानन्धरले नयाँ शक्तिबाट राजनीति सुरु गरेपनि उक्त पार्टी त्यागेर बसेकी थिइन् । यसै हप्ता नेकपा एमालेमा प्रवेश गरेकी छिन् । कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेपनि […]
काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति र चुनावमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् । ‘एकथरी नेताहरु विगत ३१ वर्षदेखि सत्तामा छन । केही सीमित नेताहरुको प्रभावमा शासन सत्ता चलिरहेको छ । तर, देशको अवस्था ओरालो लाग्दो छ, प्रणाली नै असफल भएको छ,’ राप्रपा अध्यक्ष लिङदेनले भने । ‘शेरबहादुर देउवा, […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ ।
समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी सहभागी रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीका पदाधिकारी र प्रदेश समितिका अध्यक्षको समेत सहभागिता छ ।
बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा छाडेपछिको परिस्थितिको समीक्षा हुने जनाइएको छ ।
बैठकमा थापाको प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरू पनि सहभागी छन् ।
राप्रपा पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी विभाजन नगर्ने बताएका छन् । उनले विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा विभाजन भने नगर्ने बताएका हुन् । सामाजिक सञ्जालमार्फत उनले विगतमा राजसंस्थाको एजेण्डा बोक्दा आफूलाई सत्तोसराप गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा खेदो खनिरहेको गुनासो गरेका छन् ।
उनले यसप्रति कटाक्ष गर्दै भनेका छन्, ‘हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन।’
उनले ...