सरकारले सबै प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको छ । सरकाले आगामी आर्थिक वर्षको बजेटबाट आयातित र उत्पादित सम्पूर्ण सुर्तीजन्य वस्तुको कर बढाएको हो । अर्थ मन्त्रालयले स्वास्थ्य जोखिम करको नाममा बिँडी, चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खा, पान मसला लगायतका वस्तुको कर बढाएको हो ।मन्त्रालयका अनुसार बिँडीमा प्रति खिली तीस पैसा, चुरोट र सिगारमा प्रति खिली साठी पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रति किलो साठी रुपैयाँका दरले कर बढाइएको हो । यसरी बढाइएको कर आयातितको हकमा भन्सार बिन्दुबाट