धनुषा - धनुषामा नियम विपरीत सञ्चालनमा रहेका पाँच वटा उद्याेगमा सिल लगाइएकाे छ । मापदण्ड विपरीत सञ्चालित २ वटा क्रसर उद्याेग र ३ वटा बालुवा वासिङ्ग गरी पाँच वटा उद्याेगमा सिल लगाइएकाे हाे ।
संयुक्त अनुगमन समिति, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले नवीकरण नभएकाे, नदी नालाको छेउमा रहेकाे, मानव बस्तीमा असर पारेको एवम् बालुवा वासिङ्ग उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित नगर...