रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् ।आयोजना पुरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानिय श्रमदानबाट शुरु गरिएको आयोजना चार वर्षदेखि अलपत्र परेपछि स्थानिय आक्रोशित भएका हुन् ।करिब ७० लाख लागतको सो आयोजनाका अध्यक्ष हुन् भोलाराज रोका । आयोजना भौतिक निर्माणको काम अन्