२०५७ सालताका पश्चिम नेपालको तराईमा कमैया मुक्ति आन्दोलनको उभार थियो । दासताको जञ्जिरबाट उन्मुक्ति खोजिरहेका कमैयाको आवाज सडकदेखि सदनसम्म गुञ्जिएको थियो ।
कमैया प्रकृतिकै दासताको जञ्जिरमा जकडिएका हलियाहरूमा पनि उन्मुक्तिको चेतको लहर थियो । सुदूरपश्चिमका ९ जिल्ला र साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ३ जिल्लामा हलियाहरू पुस्तौंपुस्तादेखि लागेको हलियाको जञ्जिर तोड्दै आन्दोलित भए, अन्ततः उन्मुक्त भए ।
त्यही उन्मुक्तिका अभियानकर्ता हुन् हरि श्रीपाइली तर मुक्तिको १३ वर्षसम्ममा पनि पुनःस्थापनाले पूर्णता नपाउँदा कहिलेकाहीँ उनको मन...