काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब एमाले नरहेको टिप्पणी गरेको छन्। गोरखामा आयोजित नेकपा एकीकृत समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले आफैँले जन्माएको एमाले विध्वंशकारी बन्यो कस्तो विडम्बना? आफैँले जन्माएको सन्तान रावण भइदियो गर्ने के? अब अरूले गरेनन् राम्रो काम हामीले गर्ने हो।’उनले एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको बताए। आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा