सेटिङ भएको ठेक्काको सबै कागजात मुख्यमन्त्रीको नियन्त्रणमा

१८ चैत, काठमाडौं । लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल भवनको विवादास्पद ठेक्कासम्बद्ध सबै फाइल मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेको छ । शुक्रबार मुख्यमन्त्री कार्यालयले प्रदेश पूर्वाधार विकास प्राधिकरणबाट ठेक्कासँग जोडिएका सबै फाइल लगेको हो । प्रदेश पूर्वाधार विकास समितिको बैठकले विवादास्पद बोलपत्रबारे छानविन गर्न बनाएको समितिका लागि भन्दै कम्पनीले पेश गरेका बोलपत्रको ‘हार्ड कपी’ समेत […]

सम्बन्धित सामग्री

समानान्तर निर्माण सेवामाथिको अनुसन्धान ९ महिनादेखि अलपत्र

नक्कली बिलबिजकको प्रयोग र आयकर छलीको अभियोगमा अनुसन्धानको दायरमा आएको समानान्तर निर्माण सेवामाथिको अनुसन्धान रहस्यमय ढङ्गले ९ महिनादेखि अलपत्र परेको छ । राजस्व अनुसन्धान विभागले गत पुस २ गते समानान्तरको कार्यालय पुरानो बानेश्वरमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । तर, छापा मारेर कागजात नियन्त्रणमा लिएको ९ महिना बितिसक्न लाग्दा पनि समानान्तरमाथिको अनुसन्धान प्रभावकारी ढङ्गले अघि बढेको छैन । सरकारी उच्च अधिकारी र प्रभावशाली नेताहरूसँग सेटिङ मिलाएर ठेक्का हात पार्ने गरेको आरोप लागिरहेक

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मुद्दा मिलाउन ‘अख्तियारमा सेटिङ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा असार २५ गते आवश्यक प्रमाणसहित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारीहरुविरुद्ध उजुरी पर्‍यो । पदाधिकारीले पदको दुरुपयोग गर्दै व्यापक आर्थिक अनियमितता गरेको प्रमाणसहित विश्वविद्यालयका सरोकारवालाहरुले उजुरी दिँदासमेत अख्तियारले कागजात नियन्त्रणमा लिएन । उल्टै गोप्य उजुरीबारे अख्तियारका कर्मचारीले सूचना ‘लिक’ गराए ।