राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपेर आठौँ चुरे दिवस मनाउन लागेको छ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिन असार २ गतेलाई नै प्रत्येक वर्ष चुरे दिवसका रूपमा मनाउने क्रममा आज आठौँ चुरे दिवस मनाइँदैछ ।वृक्षरोपण अभियानको शुभारम्भ आज राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दूधौली नगरपालिकास्थित विशाल सामुदायिक वनबाट गर्नुहुने र बाँकी देशभरका समितिका एकाइ तथा वन कार्यालयबाट हुनेछ । असार महिना वृक्षरोपण महिनाको रूपमा मनाउँद