काठमाडौं : आज एकै दिन एकलाख बढी बिरुवा रोपी आठौँ चुरे दिवस मनाइँदैछ। राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपी दिवस मनाउन लागेको हो। चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई नै प्रत्येक वर्ष २ असारमा चुरे दिवस मनाउने गरिएको छ। वृक्षरोपण अभियानको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकास्थित विशाल सामुदायिक वनबाट गर्ने े र बाँकी देशभरका समितिका एकाइ तथा वन कार्यालयबाट हुनेछ। अस