नेपालमा कालोपत्रे सडकको लम्बाइ झण्डै १६ हजार किलोमिटर पुगेको छ ।
शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार २०७७ फागुनसम्ममा मुलुकभर रणनीतिक, स्थानीय सडक सञ्जाल गरी कालोपत्रे सडकको लम्बाइ १५ हजार ९ सय ७४ किमी पुगेको हो ।
ग्राभेल सडक ८ हजार ५ सय ८२ किमी पुगेको छ । यस्तै कच्ची सडक ८ हजार ९ सय ७२ किमी पुगेको छ ।
२०७७ असारसम्म कालोपत्रे सडक १५ हजार ४ सय २४ किमी थियो । आर्थिक वर्षको फागुनसम्म १२९ वटा पुल बनेका छन् ।