सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनर्स्थापना

काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो। न्यायाधीश इश्वर खतिवडाले आदेशको राय सुनाउँदै संसद् पुनःस्थापना गर्ने फैसलामा इजलासका पाँचै न्यायाधीश एकमत भएको बताए।  उनले भने, 'हामीले साझा रुपमा निर्णय गरेका छौँ। फैसलाको राय मैले लेखेको हो।'    

सम्बन्धित सामग्री

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई दिए बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभा

प्रदेश २ मा सर्वोच्चको फैसला स्वागत, ठाउँठाउँमा दीप प्रज्ज्वलन

जनकपुरधाम : प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि जनकपुरधाममा विपक्षी गठबन्धनले दीप प्रज्ज्वलनसहित विजयी जुलुस निकालेको छ।सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि संयुक्त विद्यार्थी संगठनको अगुवाइमा आइतबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको छ।संयुक्त विद्यार्थी संगठनले रेल्वे स्टेसनबाट निकालेको जुलुस भानुचोक, शिवचोक, जनकचोक, रामचोक, सोनरपट्टी, जानकीचोक हुदैँ पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर

मलाई विश्वास छ, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ

बलराम केसी, सर्वोच्चका पूर्वन्यायाधीश विघटित प्रतिनिधिसभा पुनस्र्थापना भएको ८७औँ दिनमा नै फेरि विघटन भएको छ । जे–जस्तो अवस्थामा विघटन भएको छ, संवैधानिक दृष्टिले यसलाई सही वा गलत भन्ने आधार के छन् ? तत्कालीन प्रधानमन्त्री...

प्रतिनिधिसभा पुनर्स्थापना नभए जनअदालतमा जान्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरे पार्टी जनअदालतमा जाने बताएका छन्

सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्छौं : पूर्वमन्त्री राई

२९ पुस, सुर्खेत । जनता समाजवादी पार्टी (जसपा)का नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् । जसपाले प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता इस्तियाक राईले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र अधिनायकवादी भएको भन्दै सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका दिए । […]

प्रतिनिधिसभा पुनर्स्थापना नभए निर्वाचनपछि कांग्रेस महाधिवेशन : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापना नभए पार्टीको १४औँ महाधिवेशन निर्वाचनपछि हुने बताएका छन् । प्रेस युनियन धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले पुनर्स्थापना  भएको अवस्थामा भने महाधिवेशन पहिला...

उपेन्द्र यादव भन्छन्– सडक–संघर्षबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने अडान लिइरहेका वेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सडक–संघर्षबाटै पुनस्र्थापना गर्ने दाबी गरेका छन् । जसपानिकट युवा संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई...