सभामुखले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई दिए बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभा

सम्बन्धित सामग्री

अनि माधव नेपालले सांसदलाई भने : प्रतिगमनको मतियार ! बाहिर जानुस्

१० साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद नारदमुनि रानाबीच भनाभन भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७/७८ मा गरेको कामको समीक्षा हुँदै थियो । तर बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुशी साटे । समितिका सदस्य नेपालले पनि संसद जोगिएको […]

माधव समूहले उठाएको जोखिम र एमालेले चुकाएको मूल्य

२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्दै गर्दा उनकै नेकपा एमालेकै २३ सांसदको बलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारोहण गर्नेछन् । प्रतिनिधिसभा पुनर्स्थापना गरेको सर्वोच्चले १४६ सांसदसहित संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई मंगलबार साँझसम्म नियुक्त गर्न परमादेश दिएको छ । सर्वोच्चले ७६(५) मा प्रधानमन्त्रीलाई समर्थन गरेकै आधारमा सांसदलाई […]