काठमाडाैं : संसदीय समितिले निःशुल्क आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरी विश्वसनीय बनाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले संविधानमा उल्लेखित व्यवस्थाअनुसार राज्यले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थालाई आधुनिकीकरण र स्तरोन्नति गरी विश्वसनीय बनाउन सरकारलाई निर्देशन दिएक