पेट्रोलियमको मूल्य ह्वात्तै घटाउन निर्देशन

काठमाडौं : पाँच दलीय गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मूल्य कटौती गरेर जनतालाई सहुलियत दिन सरकारलाई निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले भने, ‘गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।’भारी मात्रामा भन्नाले