हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज शुक्रबार चयन गर्ने भएको छ।काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो। दलका नेतामा ५ जनाले आकांक्षा देखाएका छन्। माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रत