काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो । मन्त्रालयका उपसचिव विदुरराज गिरीले लेखेको पत्रमा विद्यालय कर्मचारीले उठाएका मागका विषयमा नेपाल शिक्षक महासङ्घ मार्फत छलफल तथा वार्तामा सहभागी हुन अनुरोध गरेका […]