भारतलाई मद्दत गर्न जर्मनीमा ‘सहायता मिसन’

एजेन्सी। जर्मन चान्सलर एन्जेला मर्केलले आफूहरुले भारतलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न तत्काल ‘सहायता मिसन’को तयारीमा लागेको बताएकी छन्। उनले कोरोना महामारीविरुद्ध लड्न जर्मनी एकजुट भएर भारतलाई साथ दिन तयार रहेको जानकारी दिइन्। उनले भनिन्, ‘‘हाम्रो समुदायमा पुनः कोरोनालो दुःख दिन थालेको छ। यसविरुद्ध लड्न हामी एकजुटतासहित भारतको साथमा उभिएका छौं।’’

सम्बन्धित सामग्री

भारतलाई दुई करोड डोज भ्याक्सिन दिँदै अमेरिका

एजेन्सी। कोरोनाग्रस्त भारतलाई अमेरिकाले एस्ट्राजेनेकाका दुई करोड डोज भ्याक्सिन दिने भएको छ। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भारतलाई भ्याक्सिनका साथै अक्सिजन बनाउने मेसिनसमेत दिने निर्णय भएको जानकारी दिए। साकीका अनुसार अमेरिकाले सबैभन्दा बढी सहयोग भारतलाई गरेको र ब्राजिल, क्यानडा तथा मेक्सिकोलाई पनि कोरोनाविरुद्धको लडाइँमा मद्दत गर्दै आएको छ। आफूले सहयोगबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको उनले जानकारी दिए।

भारतलाई मद्दत गर्दै माइक्रोसफ्ट कम्पनी

एजेन्सी। कोरोनाबाट आक्रान्त भारतलाई तत्काल आवश्यक सबैखाले मद्दत गर्न तयार रहेको अमेरिकी कम्पनी माइक्रोसफ्टले बताएको छ। माइक्रोसफ्टकी प्रमुख कार्यकारी सत्या नडेलाले भनिन्, “हामी भारतको मद्दतका लागि आफ्ना संसाधन प्रयोग गर्न तयार छौं। भारतलाई आवश्यक चिकित्सकीय सामान दिन अमेरिकी चेम्बर अफ कमर्सका साथै व्यापारिक समुदायसँग साझेदारी गरेका छौं।” भारतमा माइक्रोसफ्ट करिब तीन दशकदेखि सक्रिय छ।

भारतलाई दुई करोड डोज भ्याक्सिन दिँदै अमेरिका

एजेन्सी। कोरोनाग्रस्त भारतलाई अमेरिकाले एस्ट्राजेनेकाका दुई करोड डोज भ्याक्सिन दिने भएको छ। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भारतलाई भ्याक्सिनका साथै अक्सिजन बनाउने मेसिनसमेत दिने निर्णय भएको जानकारी दिए। साकीका अनुसार अमेरिकाले सबैभन्दा बढी सहयोग भारतलाई गरेको र ब्राजिल, क्यानडा तथा मेक्सिकोलाई पनि कोरोनाविरुद्धको लडाइँमा मद्दत गर्दै आएको छ। आफूले सहयोगबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको उनले जानकारी दिए।

भारतलाई मद्दत गर्न जर्मनीका सेना!

एजेन्सी। भारतमा कोरोनाले मच्चाएको हाहाकार देखेर जर्मनीले मद्दतका निम्ति आफ्नो सेना नै पठाएको छ। जर्मनीले अक्सिजन प्लान्ट निर्माणमा मद्दत गर्न आफ्नो सेना भारत पठाएको हो। अक्सिजन प्लान्ट संयन्त्र स्थापनामा सहयोग गर्न जर्मनीले प्राविधिक टोली पनि भारत पठाएको छ। जर्मन एयरफोर्सको एयरबस शनिबार १२० भेन्टिलेटर तथा अन्य सामान लिएर भारत आएको छ। कोरोनाका कारण भारतमा अक्सिजनका साथै भेन्टिलेटरसमेत अभाव छ।

भारतलाई जेपी मोर्गन र बोइङले ३० लाख डलर दिए

एजेन्सी। अमेरिकी कम्पनी जेपी मोर्गनले कोरोनाबाट पीडित भारतलाई २० लाख डलर सहयोग दिएको छ। यसैगरी बोइङले पनि भारतमा कोरोनाविरुद्ध चलिरहेको अभियान सफल पार्न १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। जेपी मोर्गनले आफ्ना कर्मचारीलाई कोरोनाले अति प्रभावित भारतलाई मद्दत गर्न अपिलसमेत गरेको छ।

कोरोनासँग जुध्न भारतलाई चौतर्फी सहयोग

एजेन्सी। कोरोनाबाट अत्याधिक प्रभाविक देश भारतलाई मद्दत गर्न संसारका थुप्रै देश अघिसरेका छन्। बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, आयरल्यान्ड, बेल्जियम, रोमानिया, पोर्चुगल र स्विडेनलगायतले मद्दत गर्ने घोषणा गरेका हुन्। युरोपियन युनियनले भारतलाई मद्दत गर्न संयोजनकारी भूमिका खेलिरहेको छ। भारतलाई यतिखेर अक्सिजन, भेन्टिलेटर तथा पीपीई आवश्यक परेकाले ती चिज उपलब्ध गराउन थुप्रै देश लागिपरेका छन्।

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग

एजेन्सी । दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्, ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ’ उनले भनेका छन् ।यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप न

भारतलाई ५० एम्बुलेन्स र स्वास्थ्यकर्मी सहयोग गर्दै पाकिस्तानी संस्था

एजेन्सी। पाकिस्तानको इधी ट्रस्टले कोरोना महामारीसँग जुध्न मद्दतका लागि भारतलाई ५० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने भएको छ। ट्रस्ट प्रमुख फैसल इधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे पत्र लेखेर संकटमा परेको भारतलाई मद्दत गर्न आफू तयार रहेको बताएका हुन्।भारत यतिखेर कोरोनाको अनियन्त्रित कहरबाट पीडित छ। त्यहाँ विगत २४ घण्टामा तीन लाख ३२ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।

कोरोना नियन्त्रणमा भारतलाई सघाउन अमेरिका तयार

एजेन्सी। भारतको कोरोना कहरलाई दृष्टिगत गर्दै अमेरिकाले मद्दतका निम्ति तयार रहेको बताएको छ। ह्वाइटहाउसले शुक्रबार कोरोना नियन्त्रणका उपाय पत्ता लगाएर नजिकबाट सहयोग गर्न अमेरिका तयार रहेको बताएको हो।अमेरिकी राष्ट्रपति जो बाइडेनले महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीलाई पनि कोरोना महामारीबाट आक्रान्त भारतलाई हरप्रकारको मद्दत गर्न आफ्नो देश तयार रहेको जानकारी दिएका छन्। भारतमा बढ्दो संक्रमणले विश्व चिन्तित हुन पुगेको छ।