घाम नलाग्दासम्म टेलिफोन अवरुद्ध

तातोपानी गाउँपालिका–४ गिडीखोला गाउँका भक्तबहादुर सार्की हातमा स्मार्ट फोन भएर पनि ढुक्कले फोन गर्न पाउदैनन् । हातमा स्मार्ट मोबाइल भएर मात्र नहुने रहेछ । गाउँमा घाम नलागेसम्म फोन पनि नलाग्ने र खबर आदानप्रदान गर्न नपाउने समस्याले स्थानीय आजित भएका छन् । गाउँमागाउँमा टेलिफोन टावर निर्माण भएका छन् । तर घाम नलागेसम्म ती टावरले काम गर्दैनन् […]

सम्बन्धित सामग्री

पूर्वका तीन जिल्लामा टेलिफोन अवरुद्ध

खोटाङ । नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आउँदा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलिफोन सेवा अवरुद्ध भएको छ । फाइबर लिंकमा खराबी आएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको हो । खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दूरीमा रहेको रेग्मीटार आसपासमा फाइबर लिंकमा खराबी आएकाले टेलिफोन सेवा अवरुद्ध भएको नेपाल दूरसञ्चार कार्यालय खोटाङले जनाएको […]

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलिफोन अवरुद्ध

काठमाडौं, २१ कात्तिक । पुर्वका तीन जिल्लाहरुमा टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा समस्या आएकोले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिकमको फाइबर लिंकमा समस्या आएपछि ती जिल्लाहरुमा आइतबारदेखि नै टेलिफोन सेवा अवरुद्ध भएका छन् । खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दुरीमा रहेको रेग्मीटार नजिकै फाइबर […]

तीन सातादेखि टेलिफोन अवरुद्ध

नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्लाका अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगुका सोरु गाउँपालिका सञ्चारबिहीन भएका छन्।...

सुदूरपश्चिमको पहाडी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ। पहाडी जिल्ला बैतडी, बाजुरा र बझाङमा टेलिफोन सेवा अवरुद्ध छ।तीन दिनदेखिको हिमपात र वर्षाका कारण टेलिफोन अवरुद्ध भएको हो। बाजुराको टेलिफोन सेवा मर्मतका लागि प्राविधिकको समस्या रहेको बताइएको छ। हवाई सेवा सुरु भए प्राविधिक पठाइने नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।उनका अनुसार बाजुराका पूर्णरुपमा सम्पर्कविहीन छ। यस्तै बझाङको सदरमुकाम चैनपुरबाहेकका क्षेत्रमा पनि टेलिफोन सेवा बन्द भएको छ। अछाममा नेप

प्रहरी चौकीमै छैन टेलिफोन सेवा

भूपराज बस्याल, स्याङ्जा, (नेस) ।  जिल्लाको तेस्रो बजार भनेर चिनिने गल्याङ नगरपालिका–३ गल्याङ बजारमा रहेको प्रहरी चौकीमा ४ हजार ५ सयको अभाव हुँदा १८ महिनादेखि टेलिफोन अवरुद्ध भएको छ । गल्याङ प्रहरी चौकीको ०६३–४६०१९९ को टेलिफोन २०७५ चैत १ गते देखि सेवा अवरुद्ध भएको हो । बजार क्षेत्र र आसपासका क्षेत्रलाई सुरक्षा प्रदान गर्दै आएको […]

संखुवासभाको भोटखोला क्षेत्रमा २० दिनदेखि टेलिफोन अवरुद्ध

संखुवासभाको उत्तरी क्षेत्रको चीनको सीमावर्ती भोटखोला गाउँपालिकामा २० दिनदेखि टेलिफोन अवरुद्व भएको छ । जिल्लाको नै दुर्गम र विकट गाउँपालिका भनेर चिनिने भोटखोला गाउँपालिकामा गत १५ जेठदेखि टेलिफोन सेवा अवरुद्ध...

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ, १५० टेलिफोन अवरुद्ध

मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक

दशैँमै टेलिफोन अवरुद्ध

ताप्लेजुङ : ताप्लेजुङमा बिहीबारदेखि नेपाल टेलिकमको ल्याण्डलाइन (सतही) टेलिफोन र स्काई मोबाइल सेवा अवरुद्ध भएको छ। स्थानीयस्तरमा सतही टेलिफोन सेवा सञ्चालनमा रहेको भए पनि एसटिडी सेवा भने अवरुद्ध रहेको नेपाल टेलिकम ताप्लेजुङका कर्मचारी दीपेन खवासले जानकारी दिए।  मोबाइल सेवामा पनि सोही समस्या रहेको भए पनि कुनै&ndas...

बाह्र सय टेलिफोन अवरुद्ध

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुवै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इन्जिनियर सुधीरकुमार शर्माले जानकारी दिए ।

दमकमा तीन दिनदेखि टेलिफोन अवरुद्ध

दमक (झापा) : दमकमा नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा तीन दिनदेखि अवरुद्ध छ। गत शनिबारदेखि दमकको केही क्षेत्रका ल्याण्डलाइन टेलिफोन नचल्दा सेवाग्राही मर्कामा परेका छन्। सार्वजनिक महत्वको सेवा कुनै कारण अवरुद्ध हुँदा सेवाग्राहीलाई सार्वजनिक सूचनामार्फत अग्रिम जानकारी दिनुपर्नेमा टेलिकमले जानकारी दिएको छैन। ‘ल्याण्...