१, सन्तोषभन्दा ठूलो सुख अर्को छैन । असन्तुष्ट मानि संसारभरीकै वैभव पाए पनि सुखी र आनन्दित हुन सक्दैन । एउटा पाएको हुन्न अर्को आवश्यकताको पहाड खडा भइसकेको हुन्छ तर सन्तोषीहरूका अवस्था बेग्लै छ । उनीहरू नरम पलङमा जुन आनन्द पाउँछन् सुकुल र गुन्द्रीमा पनि उति नै सुखी र आनन्दित भइरहेका हुन्छन् । महात्मा गौतम बुद्ध२, क्षमा, दया, सरलता, पवित्रता र सत्यतामा रहनु भनेको अमृत पान गरे सरहको अवस्थामा पुग्नु हो । जुन मानिसमा यस्ता गुण हुन्छन् उनीहरूको भौतिक शरीर नरहे पनि यश र कीर्ति भने चिरकालसम्म स्थिर रहन्छ