गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा, ज्ञवाली ९० मतले अघि

गुल्मी – गुल्मी १ मा नकपा एमाले उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता बनाउनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीभन्दा ९० मतले अघि हुनुहुन्छ । सुरुवाती मत गणना अनुसार ज्ञवालीले २२ सय २ मत पाउनुभएको छ भने भण्डारीले २१ सय १२ मत प्राप्त गर्नुभएको छ । 

सम्बन्धित सामग्री

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

९ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार […]

गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, एमालेका प्रदीप ज्ञवाली पराजित

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वातित भएका छन्। शुक्रबार सम्पन्न मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारीले जित हासिल गरेका हुन् ।

गुल्मी १ मा फेरि प्रदीप ज्ञवाली अगाडि, १२० मतले चन्द्र भण्डारी पछि

गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य काे चुनिने भन्नेमा राेचक प्रतिस्पर्धा  भइरहेकाे छ । एमालेका  उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ । दुई घण्टा पहिले झण्डै तीन सय मतकाे अग्रता लिनुभएका भण्डारीलाई अहिले प्रदीप ज्ञवालीले उछिन्नु भएकाे छ । अहिले ज्ञवाली १२० मतले अगाडि हुनुहुन्छ । पछिल्लाे मत परिणामअनुसार प्रदिप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गर्नुभएकाे छ भने डा चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गर्नुभएकाे छ ।

गुल्मीमा प्रदीप ज्ञवाली फेरि अघि, चन्द्र भण्डारी ५ सय २३ मतले पछि

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ ।  यस क्षेत्रमा एमालेबाट प्रदीपकुमार ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार हुनुहुन्छ । मतगणना चलिरहँदा कहिले ज्ञवाली अघि देखिनुभएकाे छ भने कहिले भण्डारी अघि देखिनुभएकाे छ । पछिल्लाे परिणामअनुसार ज्ञवालीले अग्रता लिनुभएकाे छ । उहाँले १६ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएकाे छ भने कांग्रेसका भण्डारीले १५ हजार ८ सय ३५ मत पाउनुभएकाे छ । उहाँहरूबीच ५ सय २३ मतकाे अन्तर रहेकाे छ ।

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे, चन्द्र भण्डारी अघि लागे (कसको कति मत ?)

काठमाडौं, ७ मंसिर । गुल्मी–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रतामा उछिनेका हुन् । भण्डारी ज्ञवालीभन्दा ४३ मतले अगाडि छन् । भण्डारीले २५६० मत ल्याएका छन्। ज्ञवालीले २५१७ मत ल्याएका छन्। यो क्षेत्रमा भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रदीप ज्ञवाली : गुल्मीमा आलोपालोको निरन्तरता तोड्ने दाउमा

राष्ट्रिय राजनीतिमा बौद्धिक नेताको छवि बनाएका नेकपा (एमाले)का प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्यका लागि गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनका चिरपरिचित प्रतिस्पर्धी छन्- नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी । २०५६ सालको प्रतिनिधि सभा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराए । २०७४ […]