गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, एमालेका प्रदीप ज्ञवाली पराजित
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वातित भएका छन्।
शुक्रबार सम्पन्न मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारीले जित हासिल गरेका हुन् ।
९ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार […]
गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य काे चुनिने भन्नेमा राेचक प्रतिस्पर्धा भइरहेकाे छ । एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ । दुई घण्टा पहिले झण्डै तीन सय मतकाे अग्रता लिनुभएका भण्डारीलाई अहिले प्रदीप ज्ञवालीले उछिन्नु भएकाे छ । अहिले ज्ञवाली १२० मतले अगाडि हुनुहुन्छ ।
पछिल्लाे मत परिणामअनुसार प्रदिप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गर्नुभएकाे छ भने डा चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गर्नुभएकाे छ ।
काठमाडौं, ७ मंसिर । गुल्मी–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रतामा उछिनेका हुन् । भण्डारी ज्ञवालीभन्दा ४३ मतले अगाडि छन् । भण्डारीले २५६० मत ल्याएका छन्। ज्ञवालीले २५१७ मत ल्याएका छन्। यो क्षेत्रमा भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
राष्ट्रिय राजनीतिमा बौद्धिक नेताको छवि बनाएका नेकपा (एमाले)का प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्यका लागि गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनका चिरपरिचित प्रतिस्पर्धी छन्- नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी । २०५६ सालको प्रतिनिधि सभा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराए । २०७४ […]