बैतडी : गत असारमै जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएपनि अझै स्थापना गरिएको छैन। ठेकेदारले बेवास्ता गरेकाले अक्सिजन प्लान्ट स्थापना नभएको हो। गत असारभित्रै प्लान्ट सञ्चालनमा आइसक्नुपर्ने थियो। प्लान्ट निर्माणको जिम्मा हेल्थ केयर सप्लायर्स काठमाडौंलाई दिइएको थियो। हालसम्म पनि अक्सिजन प्लान्ट स्थापनाको काम सुरु नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए।प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश