सल्यान : सल्यानको कपुरकोट–दाङ्ग सडकखण्डमा ट्रिपर सञ्चालनमा रोक लगाइएको छ। कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकले नै सिमेन्ट उद्योगमा ढुंगा ओसारपसार गर्ने ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।रोल्पा सिमेन्ट प्रालिका अत्याधिक भारवहन गर्ने ट्रिपर गुड्दा नागरिकको स्वास्थ्य र सडकखण्ड जीर्ण बनेको भन्दै गाउँपालिकाले ट्रिपर सञ्चालनमा रोक लगाएको हो।स्थानीयको मागलाई मध्यनजर गर्दै अत्याधिक भारवहनसहित गुड्ने ट्रिपर सञ्चालनमा रोक लगाइएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भ