विश्वका धेरै देशमा खोपमा काम गरिरहेका विश्व स्वास्थ्य संगठन, युनिसेफ र गाभीले कोरोनाको खोपमा सबैको पहुँच होस| भन्ने हेतुले विश्वव्यापी रुपमा काम गरिरहेका छन् । नेपालमा समेत विभिन्न खोप अभियानमा साथ दिइरहेका उनीहरुले कोरोनाको खोपमा समेत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता अनुसार काम गरिरहेका छन् ।
नेपालसँग सहकार्य गर्दै विभिन्न खोपका कार्यक्रममा सहयोगी ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) गाभीले छिट्टै कोरोनाको खोप नेपालमा आउन सक्ने भएकाले तयारी अवस्थामा बस्न नेपाल सरकारलाई जानकारी गराएका छन् ।
विश्वमा खोप बन्ने चरणहरु सुरु भएसँगै गाभीले नेपाललाई तयारी अवस्थामा रहन सन्देश गरेको हो । नेपाल सरकारले नेपालमा प्रदान गरिने विभिन्न खोपमा गाभीसँग सहकार्य गरेर काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समLरकुमार अधिकारीले बताउनुभयो ।