विराटनगर : नेकपा एमालेका सांसद हिक्मतकुमार कार्कीले प्रदेशको नाम टुङ्गो लगाउन सरकारलाई उदार भएर आउन आग्रह गरेका छन्। प्रदेशसभाको आइतबार बैठकमा विशेष समय लिएर उनले यस्तो बताएका हुन्।सबैतिर बेनामे प्रदेश भनिएको र यसले मन मस्तिष्कमा छोएको बताउँदै उनले आफूहरू नाम टुङ्गो लगाउने क्रममा पहलकदमी र सहजीकरण गर्ने विषयमा तयार रहेको बताए । उनले भने, ‘सरकार उदार भएर आओस्, चाँडोभन्दा चाँडो नाम टुङ्गो लगाउ।’उनले प्रदेश राजधानीको संरचना निर्माणका लागि सरकारले भूमाफियासँग सेटिङ गर्न खो