अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

काठमाडौँ,२५ पुष । अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए । शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा […]

सम्बन्धित सामग्री

ललितपुरमा 'स्वाइन फिभर' सङ्क्रमणका कारण २ सयभन्दा धेरै बङ्गुर मरे - NepaliPatra

ललितपुर । ललितपुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमणका कारण दुई सय वटाभन्दा धेरै बङ्गुर मरेका छन् । खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर को सङ्क्रमण देखिएको जिल्ला पशु सेवा कार्यलय ललितपुरले जनाएको छ । महानगरपालिका पशु सेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पीसीआर परीक्षणको नतिजाअनुसार नख्खु […]

‘अफ्रिकन स्वाइन फिभर’ ले ८७३ बङ्गुर मरे

चितवन । ‘अफ्रिकन स्वाइन फिभर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार भरतपुर–३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई […]

‘खोरका सबै बङ्गुर मरे, पुन: विदेशिनुपर्ने भो’

भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं र परिवारको साथमा बसौँ’ भन्ने भावना बोकेर उनी चार वर्षअघि घर फर्किए ।  घर फर्किएपछि थापाका

तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट २२ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।  म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका

अफ्रिकन भाइरसबाट चार हजारभन्दा बढी बङ्गुर मरे

गत असारबाट अफ्रिकन स्वाइन फिभर भाइरस फैलिएपछि अहिलेसम्म चितवनमा चार हजार ४९० वटा बङ्गुर मरेका छन्। उपचारको कुनै उपाय नभएको यो रोगबाट चितवनको भरतपुर महानगरपालिका–६ मा यो रोग देखा परेको थियो। पछिल्लो विवरणअनुसार अहिलेसम्म चार हजार ४९० वटा बङ्गुर मरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिनुभयो। पशुसेवा विज्ञ केन्द्रका अनुसार हालसम्म चितवनका चारवटा फार्ममा अफ्रिकन स्वाइन फिभर भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। यसबाट कम्तीमा पाँच करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ।

नेपालमा पहिलोपटक देखियो अफ्रिकन स्वाइन फिभर, एक हजार सुँगुर/बङ्गुर मरे

काठमाडौं । नेपालमा पहिलोपटक देखिएको अफ्रिकन स्वाइन फिभरबाट १ हजार १९ वटा सुँगुर, बङ्गुर मेरका छन् । काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी तथा भक्तपुरको चन्द्रागिरि क्षेत्रमा फैलिएको संक्रमणका कारण सो संख्यामा सुँगुर र बङ्गुर मरेको पशु सेवा विभागले जनाएको छ ।  उक्त क्षेत्रमा पालिएका सुङ्गुर तथा बङ्गुरमा...