अफगानिस्तानबाट हतारहतारमा अमेरिकी सैनिकहरू निस्कँदा अनि देशमा तालिबानले सोचेभन्दा छिटो सत्ताकब्जा गर्दा अमेरिकाको विश्वव्यापी छविमा थप धक्का पुगेको छ ।
अमेरिकाको लज्जास्पद हार तथा अव्यवस्थित सैन्य फिर्तीलाई राष्ट्रपति जो बाइडनको ठूलो राजनीतिक विफलताका रूपमा लिनुपर्छ । बाइडनको बाँकी कार्यकाललाई थप संकटमा पार्ने कदमका रूपमा यसलाई लिन सकिन्छ ।
बीस वर्षभन्दा बढी समय अमेरिकाले अफगानिस्तानमा बिताएको भए पनि त्यहाँको राजनीति र संस्कृति, त्यहाँका जनतामा युद्धप्रतिको वितृष्णा तथा त्यस असफल राज्यका नेताहरूको अपराध र ...