काठमाडौं : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ। महानगरपालिकाको पहिलो नगरसभामा आज (शुक्रबार) नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माणलाई निरन्तरता दिने बताए।गत ५ वर्षमा महानगरभित्र ८ पार्क बनेको र ६ पोखरीको पुनःनिर्माण भएको थियो। फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्