महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माकाे घाेषणा

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।वीपी स्मृति दिवसको अवसरमा आज बिहीवार काठमाण्डौको सुन्दरीजल पुग्नुभएका शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसक्नु भएको छ ।तीन वटा चुनाव लगातार जितेर १५ वर्षमा देश बनाउने वीपी कोेइरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टीभित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्र...

सम्बन्धित सामग्री

कुनै प्यानलमा परेनन् विश्वप्रकाश, महामन्त्रीमा उम्मेदवारी दिने तयारी

नेपाली कांग्रेसको महामन्त्रीमा उठ्ने भन्दै शुरूमै उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्मा संस्थापन र संस्थापनइतरको कुनै प्यानलमा अटाएनन् ।  संस्थापन पक्षबाट महामन्त्री बन्न प्रयास गरे पनि सभापति शेरबहादुर देउवाले विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउन अस्वीकार गरेका हुन् ।  देउवाले प्यानलमा समेट्न नसकेपछि उनी शेखर कोइरालाको प्यानलबाट लड्न खोजेका थिए । तर, मीनेन्द्र रिजालले दाबी नछाडेपछि विश्वप्रकाश प्यानलमा अटाएनन् । शर्माले महामन्त्रीमै उम्मेदवारी दिने तयारी गरेका छन् ।

कांग्रेस महाधिवेशन- पदाधिकारीमा दाबी गरेका युवा नेताले कसलाई रोज्दैछन् सभापति ?

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा युवा पुस्ताको मत कता जान्छ भन्ने कुराले नेतृत्वको निर्धारण गर्ने देखिएको छ । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं हुने महाधिवेशनमा पदाधिकारी तहमा युवा पुस्ता हावी हुने देखिएको हो । अहिले पदाधिकारी तहमा उम्मेदवारी घोषणा गर्ने धेरैजसो युवा पुस्ता नै छन् ।  विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसै गरी, प्रदीप पौडेल, धनराज गुरूङ, चन्द्र भण्डारी, गुरूराज घिमिरेले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसबाहेक प्रकाशशरण महत, मीनेन्द्...