कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा युवा पुस्ताको मत कता जान्छ भन्ने कुराले नेतृत्वको निर्धारण गर्ने देखिएको छ । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं हुने महाधिवेशनमा पदाधिकारी तहमा युवा पुस्ता हावी हुने देखिएको हो । अहिले पदाधिकारी तहमा उम्मेदवारी घोषणा गर्ने धेरैजसो युवा पुस्ता नै छन् ।
विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसै गरी, प्रदीप पौडेल, धनराज गुरूङ, चन्द्र भण्डारी, गुरूराज घिमिरेले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसबाहेक प्रकाशशरण महत, मीनेन्द्...