कुनै प्यानलमा परेनन् विश्वप्रकाश, महामन्त्रीमा उम्मेदवारी दिने तयारी

नेपाली कांग्रेसको महामन्त्रीमा उठ्ने भन्दै शुरूमै उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्मा संस्थापन र संस्थापनइतरको कुनै प्यानलमा अटाएनन् ।  संस्थापन पक्षबाट महामन्त्री बन्न प्रयास गरे पनि सभापति शेरबहादुर देउवाले विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउन अस्वीकार गरेका हुन् ।  देउवाले प्यानलमा समेट्न नसकेपछि उनी शेखर कोइरालाको प्यानलबाट लड्न खोजेका थिए । तर, मीनेन्द्र रिजालले दाबी नछाडेपछि विश्वप्रकाश प्यानलमा अटाएनन् । शर्माले महामन्त्रीमै उम्मेदवारी दिने तयारी गरेका छन् । 

सम्बन्धित सामग्री

देउवा टिममा असन्तुष्टि बढ्यो, विश्वप्रकाशले पनि महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । शर्माका सहयोगी ध्रुव लुइँटेलका अनुसार महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरे पनि टिम भने टुंगो लागेको छैन ।

कांग्रेस महामन्त्रीका दाबेदार गगनले आज अवधारणा सार्वजनिक गर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले बिहीवार आफ्नो अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् । दिउँसो ३ बजे प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच थापाले प्रतिबद्धता सार्वजनिक गर्न लागेका हुन् ।  ‘समुन्नत नेपालः सम्मानित नेपाली’को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रूपान्तरणका लागि अवधारणा सार्वजनिक गर्न लागेको थापाले बताएका छन् । गगनले वडा अधिवेशनको बेलामै महामन्त्रीमा उठ्ने तयारी गरेको बताएका थिए । गग...

काँग्रेस महामन्त्रीका लागि अगाडि बढे एनपी

नेपाली काँग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद महामन्त्रीको तयारीमा जुटेका छन् । यही मंसिर २४–२७ गतेसम्म हुने काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन् । सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न गरेर शनिवार साँझ काठमाडौँ फर्किएका पूर्व मन्त्री साउदले महामन्त्रीका लागि अगाडि बढेका छन् । सिंहदरबारको पूर्वी गेट नजिकै सम्पर्क कार्यालय खाेलेर साउदले महामन्त्री तयारी अगाडि बढाएका हुन् ।साउदले औपचारिक रूपमा महामन्त्रीमा उम्मेदवारी घोषणा नगरे पनि उनको सचिवालयले आइतबार म

काँग्रेस नेता खतिवडाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’युवा नेता खतिवडाले केन्द्

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै

धनगढी, १७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका छन् । दुई […]

कांग्रेस महामन्त्रीमा गगन, विश्वप्रकाश र प्रदीप पौडेल भिड्ने !

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीकै लागि तयारी गरेका छन् । पौडेलले पनि महामन्त्रीका लागि तयार गरेको बताएका छन् । उनले भने, […]

सिटौला समूहबाट प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिँदै

कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । पौडेल १३औँ महाधिवेशनदेखि नै नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । १४औँ महाधिवेशनमा पनि उनले सिटौला समूहबाटै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

काँग्रेस महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवारी दिने

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।आगामी मंसिर ९–१३ मा हुने  १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ । केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले रातोपाटीलाई जानकारी दिए ।१३ औं महाधिवेशनमा युवा नेताहरु मध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् ।उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भ