नेकपा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुन: मतदानको माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुन: निर्वाचन गर्न दिएको आदेशपछि एमालेले थप केन्द्रहरूमा समेत पुन: मतदान गर्न माग गरेको हो ।