रौतहटका २४ केन्द्रमा आज शान्तिपूर्ण रुपमा पुन:मतदान जारी
बैशाख ३० गते स्थगित भएका रौतहटमा २४ मतदान केन्द्रमा आज मतदान भइरहेको छ । मतदान स्थलमा अत्यन्त कडा सुरक्षाका व्यवस्था अपनाइएको छ । जसले गर्दा मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको...
१५ मंसिर, दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । सो जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, […]
दोलखा, मंसिर १५ । दोलखाका १० मतदान केन्द्रमा मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको […]
काठमाडौं : बाजुराको बुढीनन्दा नगरपालिका ५ को मतदान केन्द्रमा अहिले मतदान जारी छ । आज दिउँसोसम्ममा ५० प्रतिशत मत खसेको छ । कुल मतदाता ९ सय ९९ रहेको मतदान स्थलमा अहिलेसम्म ५ सय जनाले भोट हालिसकेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी छ । गत मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको दिन विवाद र झडपका कारण बुढीनन्दा ५ को मतदान प्रक्रिया स्थगित गरी पुनः आज मतदान भइरहेको हो । बाजुराकै अन्य २४ भन्दा बढी मतदान केन्द्
काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताएका छन् । आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “देशभरको अवस्था हेर्दा आमरुपमा निर्वाचन शान्तिपूर्ण र निर्वाध रुपमा भइरहेको छ, र यसै गरी […]
धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाई छ। मतदान स्थलहरुमा विहानै देखि मतदाताको भीड लागेको छ। मतदाताहरु मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ। जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहे
वीरगञ्ज- वीरगञ्जमा मतदान सुरु भएको छ। आइतबार बिहान सात बजेदेखि नै सुरु भएको मतदान अन्तर्गत अहिले मतदाताहरू आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन्। मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जमा अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। तस्बिरहरू:
वैशाख ३० मा स्थगित ४ जिल्लाका ७ वटा मतदान केन्द्रमा आइतबार पुनः निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार कालिकोट जिल्लाको रास्कोट गाउँपालिका स्थित रमालमस्टो मावि र पचालझरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा मतदान जारी छ ।सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता माविको २ वटा मतदान केन्द्रमा पुनः निर्वाचन भइरहेको छ । बुझाङको जयपृथ्वी नगरपालिकास्थित सुनिपिपल चौर माविको २ वटा मतदान केन्द्रमा पुनः निर्वाचन भइरहेको छ । जुम्लाको गुठीचौर गाउँपालिकास्थित शंकर मावि मतदान केन्द्रम
काठमाडौं : बिहान सात बजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोग कार्यालयले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो। निर्वाचन आयोगका अनुसार स्थानीय बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केही स्थानमा छिटफुट घटनाबाहेक हालसम्म शान्तिपूर्ण मतदान
राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म...