महोत्तरीको एक स्थानीय तहमा दुई जना प्रमुख प्रशासकीय अधिकृत रहँदा कार्यसम्पादन प्रभावित बनेको छ । रामगोपालपुर नगरपालिका कार्यालयमा दुई जना प्रमुख प्रशासकीय अधिकृत छन् ।नगरप्रमुख अशोक मण्डल र प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णबीच केही विषयमा विवाद भएपछि नगरप्रमुख मण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरी अर्को प्रमुख प्रशासकीय अधिकृत माग गरेका थिए ।सोही आधारमा नगरपालिकामा शिवेन्द्र मण्डल प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएपछि थप विवाद सिर्जना भएको हो । एउटा प्रम