प्रिमियर लिग क्रिकेट : प्रिमियर, हुलास र म्याजिक विजयी

विराटनगर :  नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११, हुलास–११ र म्याजिक विजयी भएका छन्।पहिलो खेलमा प्रिमियर–११ ले पर्शुराम वारियर्सलाई ९ विकेटले पराजित गरेको छ। जितसँगै प्रिमियरले लिगका चारै खेलमा जित हासिल गरेको हो।टस जितेर ब्याटिङ गरेको पर्शुरामले निर्धारित १० ओभरमा ६ विकेट गुमाई ८४ रनको स्कोर खडा गरेको थियो। कुलदिप गौरले १४ रन बनाउँदा खेम शर्माले १३ रनको योगदान दिए। प्रिमियरका वेदान्त जाजुले २ विकेट लिँदा जयस पेरिवाल र रिषी मह

सम्बन्धित सामग्री

एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली महिला क्रिकेट टोलीले  माल्दिभ्स र कुवेतसँग जितेको थियो भने सेमिफाइनलमा  मलेसियासँग हारेको थियो।

तेस्रो संस्करणको पाटन प्रिमियर लिग कात्तिकमा

तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो...

चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता सुरु

अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण मंगलबारदेखी सुरु भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता फागुन ३० गतेसम्म हुनेछ।...

चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता फागुन २३ देखी

अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण आउँदो फागुन २३ गतेदेखी सञ्चालन हुने भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता फागुन २३ गतेदेखी ३० गतेसम्म हुनेछ।...

बैतडीमा पाटन प्रिमियर लिग सुरु

बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका...

कप्तान सन्दीप लामिछानेले लङ्का प्रिमियर लिग खेल्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् । सन्दीपले डम्बुला जायन्ट्सबाट लङ्का प्रिमियर लिग खेल्ने भएका हुन् । एलपीएलको ड्राफ्टमा हिजो डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो । लङ्का प्रिमियर लिग जुलाई ३१ देखि सुरु हुनेछ । प्रतियोगिता अगस्ट २१ सम्म चल्नेछ ।

सन्दीप लामिछाने श्रीलंकाको प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई श्रीलंकाको प्रिमियर लिग खेल्न डम्बुला जाइन्ट्सले ४०,००० अमेरिकी डलर दिने भएको छ ।

नवौँ मारवाडी प्रिमियर लिग : पर्शुराम विजयी

नवौँ मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रिमियर–११ र  परर्शुराम वारियर्स विजयी भएका छन् । पहिलो खेलमा प्रिमियर–११ ले म्याजिक स्ट्राइकर्सलाई ४६ रनले पराजित गरेको छ । प्रिमियरले १० ओभरमा...

अफगानिस्तानका सेहजादले एभरेस्ट प्रिमियर लिग क्रिकेट खेल्ने

काठमाडौँ- अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद सेहजादले एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट खेल्ने भएका छन्। चितवन टाइगर्सले आसन्न ईपीएलका लागि सेहजादलाई आबद्ध गरेको हो। अफगानिस्तानको टेस्ट मान्यतासम्मको यात्रामा सेहजादको महत्वपूर्ण योगदान रहेको छ। उनी ठूला सट प्रहार गर्न माहिर मानिन्छन्। उनले सन् २०१६ मा आईसीसीको एसोसिएट तथा एफिलिएट वर्ष खेलाडी अवार्ड जितेका थिए। ३४ वर्षीय सेहजाद अफगानिस्तानले […]

एभरेस्ट प्रिमियर लिग क्रिकेट सेप्टेम्बर २५ देखि सुरु हुने

काठमाडौं- कोरोना महामारीका कारण रोकिएको एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने भएको छ। प्रतियोगिता अक्टोबर ९ तारिखसम्म हुने छ। ईपीएलको यो चौथो संस्करण हो।  यो प्रतियोगिता गत वर्ष नै आयोजना हुने कार्यक्रम थियो।