मकवानपुर – वाग्मती प्रदेशमा थप दुई जना मन्त्रीले नियुक्ति लिएसँगै शपथ ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गर्नुभएको हो । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले आज बिहीवार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । बेलुकी ५ बजेका लागि प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने भनिए पनि वाग्मती प्रदेशमा चार दलको गठबन्धन दलभित्र कुरा न...