मन्त्रिपरिषद्ले दुई दिनभित्र पूर्णता पाउने भएको छ ।
बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकले दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।
‘तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भयो,’ नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
यस्तै बैठकमा न्यूनतम साझा कार्यक्रम कुन खालको बनाउने, कुन मोडालिटीको बनाउने भन्ने विषयमा पनि छलफल भएको उनले बताए । उनका अनुसार गठबन्धनका शीर्ष नेताहरू बैठक बसेर नीतिगत ढंगले मन्त्रि...